अहो कति गार्हो छ काठमाडौँ सहरको यो बाटोमा हिड्न। तेस्मानी बल्खु र कलंकीको बिचमा रहेको मेरो बाउको घरमा जान गाडी पाउन निकै अचकल्टो पर्छ। Ringroad हिड्ने गाडी कि बल्खु रोकिन्छ कि कलंकी। यो बिचको खसीबजार या सीता पेट्रोलपम्प या यो भन्दामाथी रहेको चर्च भन्ने ठाउँबाट काठमाडौँ भित्र छिर्ने गाडी चढ्न कि त कलंकी कि त बल्खु सम्म हिन्न पर्ने हुन्छ। यो बिचको खण्डमा पाइने गाडीहरु सिर्फ Ringroad परिक्रमा गर्ने मात्रै पाइन्छ। तेस्माथी यही खण्डमा गएको २-३ वर्ष देखि निरन्तर सडक बन्ने क्रम जारी रहेको छ। पहिले त सडक विस्तार गर्न Ringroad को Green belt पर्ने भाग डोजर लगाएर भात्किइयो। तेस्पछि थालिएको खसीबजार छेउको पुल विस्तार गर्ने काम अजै सम्म नि Chinese ले सकेका छैनन्। बिगत एक वर्षमा भने कलंकी चोकको अस्थाई आकाशे पुल भत्काउने काम सफल भएछ। सडकको अवस्था भने अजै बिग्रिएको महसु भएको छ । यही अचकल्टो बन्न-नसकेको सडकको खण्डमा अमेरिकाबाट झरेको केहि दिन मै हिड्दा खेरी मैले काठमाडौँ खाल्डोलाई कत्ति पनि “मिस” नगरेको भान भयो। बुङ्ग-बुङ्ग गरि, शरीर सेताम्मे हुने गरि ऊड्ने धुलाम्मे सडकमा जम्मा ८००-९०० मीटर हिँडेर गाडी पाउने ठाउँ सम्म हिँड्न पनि मलाई ४ कोस हिनेको जस्तो महसु हुन्छ। अस्ति एकदिन मामाको छोरिले कामबाट हिँड्दा पैसाको झोला हाल्न बिर्सेकाले मलाई फोन गरेर “दिदि, म आउदै छु , तर मसंग गाडी भाडा तिर्न पैसा छैन। एकछिन आएर झर्ने ठाउमा बसेर मेरो गाडी भाडा तिर्दिनुन” भनि। मैले हुन्छ भनेर फोन आउने बित्तिकै सीता पेट्रोल पम्प अगाडी दौडदै मुट्ठीमा पैसा राखेर पुगे। भर्खर नुहाएर निस्किएर सफा कपडा लगाएको थिए। झिस्मीश सांझ पर्न लागेको हुनेला गाडी भित्रबाट को झर्न लाग्या हो यसै देखिदैन थियो। म आउने जति सबै गाडी नियाल्दै बसेको थिए। मान्छे झर्ने र उत्रने ठाउँ मै बसेको हुनाले कति खलासीहरु म छेउ आएर गाडी रोक्दै “जाने हो?” भनेर सोध्थे। म भने कि टाउको हल्लाउदै कि नदेखेको जसरि गाडी नचढ्ने इशारा दिन्थे। मामाको छोरिलाई त्यो चोकमा २ – ३ मीनेट मै भेटेर घर लैजान्छु भनेर गएकी म, १० मीनेटसम्म कुरी बस्दा नि आइपुगिन। त्यो बिचमा बन्दै गरेको सडकको धुलोले नराम्ररी छोप्यो। अगि भर्खर नुहाएको मान्छे पुरै खरानीको धुलो घसेको जोगीमा परिणत हुनलागेको जस्तो महसु भयो। मन-मनै सरापी रहे मेरो देश अनि यसको बेथितिलाई। एकछिन बैनी प्रति पनि आक्रोश उत्पन्न नभएको होइन। तर लगभग १५ मिनेटको कुराई पछि बैनीले परबाट हातहल्लाई रहेको देखेपछि म दौडदै गाडी रोकेको ठाउँ पुगे। उसले भेट्न नपाउदै, “दिदि, Sorry ल, कलंकीमा सोचे भन्दा धेरै बेर रोकेकोले समय बढी लग्यो।” बैनीको मुखबाट यशो भनेको सुन्ने बित्तिकै मेरो बैनी प्रतिको आक्रोश हराएर गयो। घर फर्केपछि भने मामा-माइजु अनि घरमा जम्मा हुनुभएको सबैलाई पटक-पटक भनि रहे,”यस्लाई लिन जादा नुहाएर गएको बेकार भयो।”
काठमाडौँको सडक अनि मेरो गन्थन्
Advertisements
Wow great article..
LikeLike
👌🏻👌🏻
LikeLike